अमेरिका र इरानबीच युद्धविराम बढाउने १४ बुँदे सहमति



काठमाडौँ ।

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता भएको छ । विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले सम्झौताका १४ बुँदा सार्वजनिक गरिरहेका छन् । अलजजिराकाे समाचारअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँगको फोन संवादका क्रममा अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारीपत्रको पाठ पढेर सुनाएका थिए ।

यो विवरण ट्रम्प प्रशासनबाट आएको अहिलेसम्मकै स्पष्ट विवरण हो । अलजजिराका अनुसार दुवै पक्षले शुक्रबार हुने समारोहमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । यद्यपि, अहिलेसम्म अमेरिका र इरान दुवैले सम्झौताको बुँदा औपचारिक रूपमा सार्वजनिक भने गरेका छैनन् । केहीदिन अघि इरानी सञ्चारमाध्यममा अमेरिकी प्रस्तावका १४ बुँदा भनेर सामाचार प्रकाशन भने भएका थिए ।

अमेरिका र इरानबीच हुन लागेको युद्धविराममा इजरायल भने निमित्त देश मात्रै भएको छ । युद्धको अग्रमोर्चामा रहेको इजरायले युद्धविरामप्रति असन्तुष्टि जनाएका कारण अमेरिकाको अग्रसरतामा इरानसँग समझदारी हुन लागेको हो । यो युद्धविरामप्रतिको समझदारीले लेबनानसहित सबै मोर्चामा भइरहेको लडाइँ रोक्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने र होर्मुज जलडमरूमार्ग समुद्री यातायातका लागि खोल्नेछ ।

अन्तर्राष्टिय सञ्चारमाध्यमले सार्वजनिक गरेका समझदारीका मस्यौदाअनुसार प्रारम्भिक सम्झौताले इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरूको भविष्यको व्यवस्थापन, अमेरिकी प्रतिबन्ध हटाउने, इरानको रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने र अमेरिकाको समर्थनमा ३०० अर्ब डलरको पुनर्निर्माण योजनाबारे छलफल हुनेछ। अधिकारीले प्रारम्भिक सम्झौतामा अमेरिका र इरानले डिजिटल रूपमा हस्ताक्षर भइसकेको र शुक्रबारको औपचारिक हस्ताक्षर हुने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार