प्रथम बागेश्वरी एकेडेमी जिल्लास्तरीय खुला तेक्वान्दो हुँदै



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–१० चटारस्थित बागेश्वरी एकेडेमी माध्यमिक विद्यालयले पहिलोपटक ‘बागेश्वरी एकेडेमी जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप–२०८३’ आयोजना गर्ने भएको छ । विद्यालयले यही जेठ ३० र ३१ गते दुईदिन जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप–२०८३’ आयोजना गर्न लागेको हो ।

विद्यालयका सञ्चालक समितिका अध्यक्ष किशन गुरुङले शिक्षासँगसँगै खेलकुद पनि विद्यार्थीका लागि उत्तिकै महत्वपूर्ण रहेकाले प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र लनशीलता बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । विद्यालयले ‘संस्कारसहितको गुणस्तरीय शिक्षा’ भन्ने आफ्नो मूल उद्देश्यलाई खेलकुदसँग जोडेर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताए । प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै तेक्वान्दो खेलप्रति आकर्षण बढाउने उनको विश्वास छ ।

कोहलपुर नगरपालिका खेल प्रशिक्षक बुद्धि थापाले प्रतियोगितामार्फत खेलाडीहरूमा मेहनत, अनुशासन र आत्मविश्वासको भावना अभिवृद्धि हुने बताए । तेक्वान्दो केवल खेल मात्र नभई आत्मरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण माध्यम रहेको उनको भनाइ छ । विद्यालयले आयोजना गर्न लागेको प्रतियोगिताले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै आत्मसुरक्षाका सीप पनि सिकाउने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका शिक्षक गणेश विष्टले जानकारी दिए । उनले प्रतियोगितामा विभिन्न उमेर समूह तथा तौल समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार ३२ वटा गोल्ड मेडलका लागि झण्डै ५०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २९ गते शुक्रबार