काठमाडौँ ।
पाकिस्तानको इस्लामावादमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपालको टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघले मंगलबार १२ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो। पाकिस्तान भलिबल फेडेरेशन आयोजनामा हुने काभा च्याम्पियनसिप आउँदो असार १७ देखि २३ गतेसम्म पाकिस्तानको इस्लामावादमा हुँदै छ।
नेपाली टोलीमा सुनिल बोहोरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन्।
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्