एसीसी महिला प्रिमियरमा भुटानमाथि नेपालको सहज जित



काठमाडौँ ।

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । निर्धारित २० ओभरको खेलमा ११४ रनको लक्ष्य दिएको नेपालले ५१ रनको सहज जित हात पारेको हो ।

पहिलो ब्याटिङ गर्दै नेपालले २० ओभरमा ११३ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ८ विकेट गुमाउँदा ६२ रन मात्रै बनाउन सक्यो । भुटानको लागि देन्छेन वाङमोले सर्वाधिक ३९ रन बनाइन् ।  नेपालको लागि सीता रानामगरले ३७, रुविना क्षेत्रीले २४ रन बनाए।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार