रोल्पा ।
रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज विहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका २ पुरुष र १ महिलाको शव फेला परेको छ ।जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ ।
प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्