काठमाडौँ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार उनकाे स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताएका हुन् ।
‘विधिको शासन, संविधान, मानवअधिकार संरक्षणमा सर्वोच्च बारको महत्त्वपूर्ण भूमिका हुन्छ’, प्रधानन्यायाधीश शर्माले भने, ‘बेन्च र बार एकापसमा मिलेर काम गर्नुपर्छ ।’
पूर्वप्रधानन्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा संख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्