काठमाडौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई आफूले बयान नदिएको बताएका छन् । बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले आयोग नक्कली भएको बताए ।
उनले कार्कीले मान्छे तोकेर कारबाही गर्नुपर्छ भनेको र सो काम फत्ते गर्न कार्कीकै नेतृत्वमा आयोग बनाइएको दाबी गरे । ‘बयान दिएन तर आयोगले बयान दियो भनेर छाप्यो । आयोगले प्रश्नपत्र पठाएको थियो । बुझ्दिनँ मान्यता दिन्नँ भनेर मैले पठाइदिएको थिएँ । किन बयान दिन्न त्यो कारण पनि बताइएको थिएँ । मैले बयान दिइँन,’ उनले भने ।
प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार









प्रतिक्रिया दिनुहोस्