व्यापार संघ बाँके बर्दियाको अध्यक्षमा लामिछाने



बर्दिया ।

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघको बाँके बर्दियाको अध्यक्षमा परशुराम लामिछाने चयन भएका छन् । मंगलबार बर्दियाको भोलागौडीमा सम्पन्न भएको बाँके बर्दियाको संयुक्त भेलाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए भने संघका केन्द्रीय महासचिव कृष्णभक्त गिरीले सञ्चालन गरेका थिए । उक्त भेलाले लामिछानेको अध्यक्षतामा ९ सदस्य समिति चयन गरेको छ ।

समितिको सचिवमा कल्पना पौडेल र कोषाध्यक्षमा टेकेन्द्र जिसी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा खगेन्द्र केसी, श्यामबहादुर केसी र भक्त विश्वकर्मालाई चयन गरिएको छ भने दुई स्थान रिक्त राखिएको अध्यक्ष लामिछानेले बताए । समितिको सल्लाहकारमा ज्ञानचन्द्र अर्याललाई चयन गरिएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार