काठमाडौं ।
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।
उनका अनुसार फागुन २१ को निर्वाचनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्रदान गरेको थियो ।आयोगले निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न गरेको जनाएको छ ।
प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्