काठमाडौँ ।
प्रधानमन्त्री कार्यालयकाे नाम दुरुपयोग गरी दैलेखका एक वडा सचिवलाई धाकधम्की दिएकाे आराेपमा प्रकाश खड्का पक्राउ परेका छन् ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बस्ने २२ वर्षीय खड्का काठमाडौंबाट प्रहरीले पक्राउ गरेकाे हाे ।
दैलेखकाे दुल्लु नगरपालिका–१३, का वडा सचिव कमल भण्डारीलाई खड्काले फोन गरी प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिएका थिए ।
खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट पारेको छ।
शनिबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै खड्कालाई आवश्यक कारबाहीका लागि कडा निर्देशन दिइएको जानकारी दिएका छन्।









प्रतिक्रिया दिनुहोस्