काठमाडौँ ।
यामाहाले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइडले ‘एफजेडएस एफआई न्यू जेन’ मोडल सार्वजनिक गरेको हो । कम्पनीले उक्त मोडलको मूल्य चार लाख ३४ हजार ९०० रूपैयाँँ निर्धारण गरेको छ ।
कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा ब्रान्ड एम्बेस्डर अनुप विक्रम शाहीले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन् । भृकटीमण्डपमा शनिबारदेखि सुरु भएको ‘यामाहा ब्लू फेस्ट’मा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो । एफजेडएस हाइब्रिडमाजस्तै यस नयाँ मोडलमा स्मार्ट कनेक्ट, म्युजिक कन्ट्रोल र ट्र्याक्सन कन्ट्रोलजस्ता आधुनिक फिचर समावेश छन् ।
तर, यसमा हाइब्रिड प्रविधि भने राखिएको छैन । नयाँ जेनरेशनको एफजेडएस एफआईमा १४९ सीसीमा छ । सिंगल सिलिन्डर एफआई इन्जिन प्रयोग गरिएको छ । जसले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ५–स्पीड गियरबक्स उपलब्ध छ ।
सुरक्षाका लागि दुवै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ । साथै, अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सन राखिएको छ । मोटरसाइकलमा १७ इन्चको अलोय ह्विल पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्