बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् ।आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताएका छन् ।
संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर सङ्कटमा परेको र निर्वाचनले सही मार्गमा ल्याउने विश्वास व्यक्त गरे । उनले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै देशको हितमा काम गर्नेलाई पहिचान गरेर मतदान गर्न आग्रह गरे ।
यहाँ रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेकपाले जनमार्चाका कृष्ण अधिकारी र क्षेत्र नं २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाउने सहमती भएको कार्यक्रममा जानकारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्