काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले भोलि ‘शुक्रबार’ पार्टी कार्यालय जाने जानकारी दिए ।

‘भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ,’ उनले भने । पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे । थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन ।
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्