काठमाडौं ।
अमेरिकी आक्रमणमा भेनेजुएलामा एक सय जनाको मृत्यु भएको छ। राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणमा बुधबार अबेर राति एक सय जनाको मृत्युभएको भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डिओसडाडो काबेलो बताएका छन् ।
रोयटर्सका अनुसार काराकासले मारिएकाहरूको संख्या दिएको छैन, तर सेनाले २३ जना मृतकहरूको सूची सार्वजनिक गरेको छ । भेनेजुएलाका अधिकारीहरूले मदुरोको सुरक्षा टोलीको ठूलो हिस्सा ‘चिसो रगतमा’ लत्पत्तिएको बताएका छन् । क्युबाले समेत भेनेजुएलामा आफ्नो सैन्य र गुप्तचरहरु मारिएको बताएको छ ।
अमेरिकाले छापा मार्ने क्रममा मदुरोसँगै हिरासतमा रहेकी उनकी श्रीमती सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको काबेलोले बताएका छन् ।
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्