हर्क साम्पाङले सुनसरी–१ बाटै चुनाव लड्ने



काठमाडौं ।

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं- १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् ।

२०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् । पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी–१ बाटै चुनाव लड्ने बताएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार