भोलि रास्वपाको बृहत् एकता घोषणा सभा हुने



काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। भोलि हुने सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार