भेरीमा सिकलसेल जाँचका लागि नयाँ मेसिन



नेपालगन्ज ।

भेरी अस्पतालमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेसिन बायो राड भेरियन्ट मेसिन प्रयोग गरी नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सहप्राडा राजन पाण्डेका अनुसार उक्त मेसिनले शिशु जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भए÷नभएको पुष्टि गर्न सकिन्छ ।

साथै शिशु नौ महिना पूरा भई दादुरा–रुबेला खोपको पहिलो डोज लगाउने समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटाथालेसिमिया तथा अन्य हेमोग्लोबिनोप्याथीसम्बन्धी समस्या भए÷नभएको थप पुष्टि पनि गर्न सकिने डा. पाण्डेले जानकारी दिएका छन् । उक्त मेसिनबाट सिकलसेल तथा अन्य रक्तसम्बन्धी वंशाणुगत रोगको समयमै पहिचान, उपचार र दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार