
नेपालगन्ज ।
एक भव्य कार्यक्रमका बीच विद्युतीय गाडी (इभी)को विश्वचर्चित चिनियाँ ब्राण्ड दिपलको नयाँ मोडेलको एसयुभी कार एस०५ र डोङ्फेङ कम्पनीको नामी भिगो ब्राण्डको कारको नेपालगन्जमा लन्च गरिएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रमका बीच उक्त कारहरूको लन्च गरिएको हो । भदौमा नाडा अटो शोमा नेपालमा पहिलोपटक सार्वजनिक दिपलको एस०५ कार नेपालगन्जमा औपचारिक रूपमा सार्वजनिक भएको हो ।
दिपलका लागि नेपालगन्जको आधिकारिक बिक्रेता पानस अटोमोटिभ रहेको छ । पानस ग्रुपका अध्यक्ष ज्ञानेन्द्र खनालको अध्यक्षता तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई, दिपलको नेपालमा आयातकर्ता एमएडब्ल्यु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियालगायतले उक्त कारहरू लन्च गरेका हुन् ।
दिपलका नेपालगन्ज रिजनल सेल्स म्यानेजर अशोक अर्यालले हालसम्म दिपलका एक हजार दुई सयभन्दा बढी कारहरू बिक्री भैसकेको बताए। सिकारियाका अनुसार हालसम्म एमएब्लुबाट नेपालमा तीन हजार पाँच सय बढी कारहरू बिक्री भैसकेका छन् भने त्यसमध्ये सबैभन्दा धेरै दिपलका कारहरू रहेका छन् ।
कार्यक्रममा बोल्दै पानस ग्रुपका अध्यक्ष खनालले एमएडब्लुको अटोमोबाइल क्षेत्रमा रहेको सफल इतिहास र दिपलको लोकप्रियतालाई ध्यानमा राखेर नेपालगन्जमा वितरणको जिम्मा लिइएको बताए । खनालले नेपालगन्जमा दिपलको वितरण सुरु भएको केही समय मात्रै भएपनि धेरै प्रयोगकर्ताहरुको रोजाइमा परेकोले आफूहरुलाई उत्साहित बनाएको भन्दै खुसी व्यक्त गरे । उनले पानसको व्यापरिक जिम्मेवारी छोरा पुस्तामा हस्तान्तरण पनि गर्न लागेको जानकारी पनि दिए ।
दिपलको आकर्षक डिजाइन, ब्याट्री, सुरक्षा फिचर र स्मार्ट फिचरका कारण लोकप्रिय बनेको सिकारियाले बताए । कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले आफूले अर्को ब्रान्डको विद्युतीय गाडी प्रयोग गरिरहेको बताउँदैे उक्त गाडीभन्दा दिपलका दोब्बर सुविधाजनक भएको जानकारी पाएकोमा खुसी व्यक्त गरे । उनले पानस ग्रुपमार्फत खनाल परिवारले गरेको व्यवसायिक प्रगति सबैका लागि अनुकरणीय रहेको बताए ।
साथै नयाँ पुस्तामा व्यवसाय हस्तान्तरणका लागि लिइएको अग्रसरता पनि उदाहरणीय रहेको धामीको भनाइ थियो । दिपल ब्राण्डको गाडीको वितरण अब पश्चिम नेपालको धनगढी र दाङमा पनि विस्तार गर्न लागिएको पनि जानकारी दिइएको छ । दिपलको आकर्षक र भविष्यमूखी डिजाइनले प्रयोगकर्ताहरू बढी आकर्षित भएका र यसको देशभर पार्टस तथा सर्भिस सुविधाका कारण प्रयोगकर्ताहरूमा कन्फिडेन्ट बढेको कार्यक्रममा जानकारी दिइयो । दिपलका विभिन्न मोडेलका कारहरुको प्रदर्शनीसमेत गरिएको कार्यक्रममा रोबोटमार्फत अतिथिहरुको स्वागतले थप रौनक थपेको थियो ।
किन लोकप्रिय छ दिपल ?
दिपल एस०५ एक फिचर लोडेड कम्प्याक्ट एसयूभी हो । ५५ लाख ९९ हजार र ५६ लाख ९९ हजारको दुई भेरियन्टमा रहेको दिपल एक पटकको फुल चार्जमा नेपाली सडकमा चार सय ५ किलोमिटरको प्रभावशाली रेन्ज दिने यो गाडीमा ५६.१ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ ।
यसको विशेषता यतिमै सीमित छैन । गाडीमा पार्किङ एसिस्ट, मेमोरी सिट, हिटिङ र कुलिङ दुवै सुविधा भएको सिट र हेड–अप डिस्प्ले जस्ता प्रिमियम फिचरहरू छन्, जसले ड्राइभिङलाई आरामदायी र सुरक्षित बनाउने कम्पनीको दाबी छ । नेपाली बाटोको अवस्था ध्यानमा राख्दै यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको, चार सय ९२ लिटरको विशाल बुट स्पेस र १ सय ५९ लिटरको फ्रंक (अगाडिको डिक्की) स्पेसले यसलाई पारिवारिक यात्राका लागि निकै व्यावहारिक बनाएको कार्यक्रममा जानकारी गराइएको थियो ।
दिपलमा गाडीसँगै इमरजेन्सीका लागि सात किलोवाटको होम ब्याट्री र तीन किलोवाटको ट्राभल चार्जर पनि निःशुल्क उपलब्ध गराउने गरिएको छ । नाडा अटो शो २०२५ मा शो स्टपरका रुपमा ग्राहकहरुको विशेष ध्यान आकर्षण गरेको दिपलमा पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विन को–पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर पनि उपलब्ध छन् ।
दिप गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको इभी ब्याट्रीको रुपमा रहेको छ जसमा पाँच हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्ने कम्पनीको दाबी छ ।
एनक्याप टेस्टमा दिपललाई ५ स्टार रेटिङ
नेपालगन्जमा लन्च भएको दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ । स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको बताइएको छ । दिपलमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत रेटिङ प्राप्त गरेको छ ।
युरो एनक्याप रेटिङले दिपल एस०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको हो । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो ।
के छन् नामी भिगोका विशेषता ?
चीनको डोंगफेङ्गको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा निर्मित नामी भिगो पालका मिड–साइजको बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका कारण प्रयोगकर्ताको रोजाइमा परिरहेको छ । म्याजिक क्युब डिजाइनको आधुनिक र एरोडाइनामिक स्ट्रक्चरको यो कारमा रहेको ९९ केडब्ल्यु मोटरले सहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मुथ ड्राइभ प्रदान गर्ने कम्पनीको दाबी छ ।
३०० किमि रेन्जको ४४.९४ केडब्ल्युएच र ३५० किमि रेन्जको ५१ दशमलव ८७ केडब्लुएच ब्याट्री उपलब्ध रहेकामे नामीले थ्रिसी अल्ट्राफास्ट डीसी चार्जिङ सपोर्ट गर्छ । यसको ब्याट्री ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म १८ मिनेटमै चार्ज गर्न सकिन्छ । यसमा रहेका फिचरहरुमा हेभन एन्ड अर्थ टेलगेट जसमा दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम रहेको, बाहिरी मनोरञ्जनका लागि एक्सटेरियर म्युजिक स्पिकर, संगीतको ताल र मुडसँगै चल्ने म्युजिक सिंक एम्बियन्ट लाइटिङ, व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सिटहरू र थ्रिसी फास्ट चार्जिङ सिस्टम रहेको छ ।
नामी भिगोमा लेभल २ अड्यास, ३६० डिग्री क्यामेरा, अड्याप्टिभ क्रुज कन्ट्रोल र मल्टी–मोड स्टेयारिङ पनि उपलब्ध छ । भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन् । सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर÷एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ ।
नामी भिगो भेरियन्ट ई२ को मूल्य ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने ई२ प्लस भेरियन्ट ४१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ रहेकोमा विशेष प्रारम्भिक अफरअन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार रुपैयाँमा र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा प्राप्त गर्न सकिने कार्यक्रममा जानकारी दिइएको थियो ।









प्रतिक्रिया दिनुहोस्