झापा ।
आठौँ बेलबारी आरजु राईस मेजर स्व.एन.बि. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २०८२ को खेल तालिका सार्वजनिक गरिएको छ । बेलबारी–११ स्थित लक्ष्मीमार्गको प्रस्तावित रंगशालामा असोज २६ गतेदेखि हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । असोज २६ गते हुने उद्घाटन खेलमा आयोजक एल एक्स सिटी फुटबल क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै असोज २७ गते हुने दोस्रो दिनको खेलमा साविक विजेता झापा–११ फुटबल क्लब झापा र भोजपुर जिल्ला फुटबल संघ भोजपुरबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै असोज २८ गते हुने खेलमा ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड र रारा फुटबल क्लब राजारानी धनकुटाबीच हुनेछ भने असोज २९ गते सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेड ललितपुर प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल कात्तिक १ गते हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन र टुबोर्ग प्रायोजक रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पुरस्कार रहेको क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रूपैयाँँ, उत्कृष्ट गोलकिपरले ११ हजार रूपैयाँँ, उत्कृष्ट प्रशिक्षकले ११ हजार रूपैयाँँ, सर्वाधिक गोलकर्ताले ११ हजार रूपैयाँँ, उदीयमान खेलाडीले ११ हजार रूपैयाँँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याचलाई ७ हजार रूपैयाँँ नगद पुरस्कार प्रदान गरिने एल.एक्स. फुटबल क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्