कैलाली ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रम गरेर शुक्रबार १०औँ संविधान दिवस मनाइएको छ । संविधान मूल समारोह समिति सुदूरपश्चिम प्रदेशको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा समारोहको आयोजना गर्दै दिवस मनाइएको हो । हरेक वर्ष प्रदेश सरकारले दिवसको अवसरमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजासहितको टोलीले प्रभातफेरि आयोजना गर्दै आएकोमा यस वर्ष भने दिवस मन्त्रालयमै सिमित बनेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मिँयाले झण्डोत्तलन गरेर उद्घाटन गरेका थिए भने झण्डोत्तोलन पूर्व प्रदेश प्रमुख मियालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । संविधान दिवस मुल समारोह समितिका अध्यक्ष तथा मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारले दरिलो पिडा र शोक मग्न बनाउनुका साथै समाजलाई स्तब्ध बनाएको बताए ।
सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्न जरुरी रहेको बताएका थिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि सहादत प्राप्त सहिदहरूमा श्रद्धा सुमन व्यक्त गरे । उनले बेरोजगारी, सुशासनमा कमी, विकासका क्रममा समावेशी नहुनु, युवाहरूको असन्तुष्टिलाई वेवास्ता गर्न नहुने बताए । उनले संविधानमा दिएका अधिकार व्यवहारमा नभएपछि असन्तुष्टि आउनु स्वभाविक रहेको बताए ।
कैलालीमा काँग्रेस र एमालेको शक्ति प्रदर्शन
१०औँ संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन् । पछिल्लो घटना क्रमलाई ध्यानमा राखेर संविधानको रक्षार्थ कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा बृहत् मोटरसाइकल ¥याली गरेको नेपाली काँगे्रस कैलालीका कार्यवाहक सभापति खेम डगौरा चौधरीले जानकारी दिए ।
चौमाला, अत्तरिया हुँदै आएको ¥याली धनगढी चौरामा कोणसभामा परिणत भएको थियो । यस्तै टीकापुरबाट सुरु भएको ¥यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले जानकारी दिए । संविधानको रक्षा र उन्नत लोकतन्त्रको लागि राजनीतिक पार्टी नै उपयुक्त विकल्प भएको हुँदा राजनीतिक पार्टी माथिको पछिल्लो समयमा भैरहेको प्रहारका विरुद्ध यो ¥याली गरिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्