अलस्टार इस्पोट्र्स च्याम्पियनसिप हुँदै



काठमाडौँ ।

अलस्टार इस्पोट्र्स नेपालले आगामी असार २९ देखि ३१ गतेसम्म काठमाडौँको आइआइएमएस कलेजमा ‘अलस्टार इस्पोट्र्स च्याम्पियनसिप २०२५’ आयोजना गर्ने भएको छ । टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ–फुटबल तीन प्रमुख गेमहरूमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी हुन ‘प्दस टु’ सकाएकाहरूलाई दर्ता निःशुल्क हुनेछ भने विजेताहरूका लागि कुल २५ हजार रूपैयाँभन्दा बढी नगद पुरस्कारको व्यवस्था गरिएको छ । ‘प्लस टु’ पास गरेका विद्यार्थीहरूका लागि विशेष प्रविष्टि सुविधा दिइने पनि बताइएको छ ।  कार्यक्रममा रोमाञ्चक उपहारहरू पनि प्रदान गरिनेछ ।

यस प्रतियोगिताको शीर्षक प्रायोजक कुन्यो गेमिङ छ भने शैक्षिक साझेदार आइआइएमएस कलेज र एथर एनर्जीको सपोर्ट छ । अलस्टार इस्पोट्र्स नेपालका अनुसार यो प्रतियोगिता युवा गेमरहरूलाई अवसर दिने, समुदाय निर्माण गर्ने र नेपालमा इस्पोट्र्सको भविष्य उज्यालो बनाउन सघाउने उद्देश्यले आयोजना गरिएको हो । इच्छुक खेलाडी वा टोलीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार