कोहलपुर नगरपालिकाको १६औँ नगर सभा : कार्यपालिका निर्णय अनुमोदनदेखि अर्धवार्षिक समीक्षासम्म



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिकाको १६औँ नगर नगर सभा विविध निर्णय गर्दै सम्पन्न भएको छ । नगर सभाले कोहलपुर नगरपालिकाका लागि अत्यावश्यक आधा दर्जन बढी महत्वपूर्ण निर्णय गरेको छ । नगर सभामा नगरपालिकाको अर्ध वार्षिक समीक्षा, विषयगत समितिका उपलब्धि प्रस्तुतीका साथै ऐन संशोधन र सभाका सदस्यहरूले बोलेका थिए ।

सभामा नगर सभाका अध्यक्ष नगर प्रमुख पूर्णप्रसाद आचार्यले २०८१/०८२ का कार्यपालिका निर्णय, आर्थिक ऐन संशोधन–२०८१, घर नक्सा पास अभिलेखीकरण, भ्यूूटावर र कोहलपुुर बसपार्कको ठेक्का व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र विविध विषय अनुमोदनका लागि सभामा टेबल गरे । सभाकी उपाध्यक्ष तथा नगर उपप्रमुख संगीता सुवेदीले आर्थिक वर्ष २०८१/०८२ को संशोधित प्रतिवेदन पेस गरेकी थिइन् ।

यसैगरी, विभिन्न विषय समितिका प्रगति विवरण प्रस्तुुत गर्नुका लागि विभिन्न प्रस्ताव गरिएको थियो । सभामा सामाजिक विकास समिति, आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, विपद् तथा वातावरण समिति, विधायन समिति र सुशासन समितिका संयोजकले आ–आफ्ना प्रगति विवरण पेश गरेका हुन् ।

सभामा प्रस्तुत भएका विषय र अन्य महत्वपूर्ण विषयमा १३ जना सदस्यहरूले प्रश्न, जिज्ञासा र टिप्पणी राखेका थिए । नगर सभाका सचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुुर गिरीका अनुसार १६औँ नगर सभामा टेबल÷प्रस्तुत गरिएका सबै प्रस्ताव सर्वसहमतिमा पास भएका छन् ।

सभाले नगरप्रमुख आचार्यले पेश गरेका वडा नम्बर १ देखि १५ का २८ वटा प्रस्ताव र अािर्थक विकास शाखाको एउटा, पशुु विकास शाखा र कृषि विकास शाखाका २/२ गरी चार वटा प्रस्ताव सर्वसहमतिमा पारित गरेको हो । नगर सभामा बोल्दै नगर प्रमुख आचार्यले सभामा पेश भएका सबै प्रस्ताव अनुुमोदन गरेको भन्दै सभाका सदस्यहरूलाई धन्यवाद व्यक्त गरे । उनका अनुसार सभामा प्रस्तुत विषयहरूलाई नगरले प्राथमिकताका आधारमा क्रमश कार्यान्वयन गर्दै लैजानेछ ।

मध्यवधि समीक्षा : खर्च निरासाजक

कोहलपुर नगरपालिकाको बजेट खर्च निरासाजनक देखिएको छ । कोहलपुुर नगरपालिकाले १६औँ नगर सभामा प्रस्तुत गरेको मध्यवधि समीक्षा अनुुसार नगरपालिकाको बजेट खर्च निरासाजनक रहेको देखिएको हो । १६औँ नगर सभामा नगर उपप्रमुख संगीता सुवेदीले आर्थिक वर्ष २०८१/०८२ को संशोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

मध्यवधि समीक्षा प्रस्तुत गर्दै उपप्रमुख सुवेदीले आर्थिक वर्ष २०८१/०८२ का लागि चालूूतर्फ प्रस्तावित ७२ करोड ७८ लाख ७० हजार रूपैयाँ विनियोजन भएको जानकारी दिइन् । उनका अनुसार पुँजिगततर्फ ३९ करोड १९ लाख ३० हजार रूपैयाँ विनियोजन गरिएको थियो । चालू र पुजिगत गरी कोहलपुर नगरपालिकाले १५औँ नगर सभामा प्रस्तुत भइ कूल १ अर्ब ११ करोड ९८ लाख रूपैयाँ अनुमोदन भएको थियो ।

हालसम्म चालूतर्फ कुल बजेटको ३४.५७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । नगरपालिकाले अहिलेसम्म चालूतर्फ कुुल २५ करोड ५५ लाख ८८ हजार २ सय ४९ रूपैयाँ ४७ पैसा मात्रै खर्च गर्न सकेको छ । यस्तै पुुँजिगततर्फ पनि जम्मा २०.५१ प्रतिशत बजेट खर्च भएको मध्यवधि समीक्षामा उल्लेख गरिएको हो । हालसम्म पुजिगततर्फ जम्मा ७ करोड ९७ लाख ९७ हजार ९ सय ६८ रूपैयाँ खर्च भएको छ ।

उपप्रमुख सुवेदीका अनुसार नेपाल सरकारको अनुदान कटौती आन्तरिक आयको कम असुली र दायित्व अधिवृद्धिका कारण जटिलता निम्त्याएको छ । यसैगरी, चालू आवमा नगरपालिकाले १४ करोड आम्दानी हुने लक्ष्य राखेको छ । हालसम्म जम्मा ४ करोड रूपैयाँ मात्रै आम्दानी भएको उनले बताइन् । कुल अनुमानको २८.५७ प्रतिशत आन्तरिक आय उठिसकेको छ ।

उप्रमुख सुुवेदी आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत विभिन्न योजना र कार्यक्रमहरू सञ्चालनका गर्न करिब ३ करोड बजेट प्राप्त हुुने अनुमान रहेको र त्यसको लागि कार्यविधि अनुसार कार्यपालिकाबाट निर्णय भै स्वीकृतिका लागि अन्तिम चरणमा रहेको र स्वीकृत पश्चात आवश्यक कार्यान्वयन गरिने बताएकी छन् ।

सो अवसरमा उनले संशोधित बजेट विनियोजन र स्रोतको व्यवस्था सम्बन्धि योजनासमेत प्रस्तुत गरिन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त भएको सशर्त अनुुदान, वित्तीय हस्तान्त्रणबाट प्राप्त वित्तीय समानीकरण अनुदान र नगरपालिकाको चालू आवका प्रक्षेपित आन्तरिक आयसमेत आधारमा तर्जुमा गरिएका कार्यक्रम कार्यन्वयनको चरणमा रहेको उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार