दाङ ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले दुईदिने होमस्टे व्यवस्थापन तालिम राजपुरमा आयोजना गरेको छ ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष प्रदीप मजगैँयाको अध्यक्षता एवम् राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवको प्रमुख आतिथ्यमा वडा कार्यालयमा तालिम सञ्चालन भइरहेको छ । तालिममा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपतिदेवी यादवले ग्रामीण क्षेत्रमा आय आर्जनसँगै पर्यटन वृद्धिमा होमस्टेले सहयोग पु¥याएको बताइन् । उनले नेपालका ग्रामीण क्षेत्रहरू पर्यटकीय आकर्षणको केन्द्र रहेकाले यस्ता कार्यक्रमले स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर स्थानीय उत्पादनको बजारीकरण गर्नसमेत सहयोग पुग्ने बताइन् ।
कार्यक्रमको सहजीकरण मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र शिक्षा समूहका संयोजक राममोती चौधरीले गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्