बैजनाथ क्षेत्रमा देखिएको बाघ नियन्त्रणका लागि सिसीटिभी क्यामेरा जडान



कोहलपुर ।

सामुदायिक वन क्षेत्रमा बाघको आवतजावत बढेपछि बैजनाथ गाउँपालिका–६ स्थित वन क्षेत्रमा निगरानी गर्न सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

६ नम्बर वडा कार्यालयको पहलमा तीनवटा सामुदायिक वन क्षेत्रमा निगरानी हुने गरी ४ वटा सिसीटिभी क्यामेरा जडान गरिएको न्यु हरियाली वन उपभोक्ता समूह लालपुरका अध्यक्ष रामकुमार राना क्षेत्री (लालु)ले जानकारी दिए ।

सो क्षेत्रमा केही दिनदेखि नियमित बाघ देखिँदै आएको स्थानीयको भनाइ छ । यस क्षेत्रमा पर्ने न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूह, गौँथली सामुदायिक वन उपभोक्ता समूह तथा शान्ति सामुदायिक वन क्षेत्रमा बाघ देखिँदै आएको थियो ।

केही समयअघि बाघले स्थानीयले पालेका भेडासमेत मारिदिएको थियो । सो बाघ नियन्त्रणका लागि सबै सामुदायिक वनका मुख्य क्षेत्रमा ४ थान सिसिटिभी क्यामेरा जडान गरिएको क्षेत्रीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार