बर्दिया ।
भारतीय सीमावर्ती बजार हुँदै गुलरियातर्फ जाँदै गरेका दुई जनालाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
गुलरिया–नेपालगन्ज हुलाकी सडकखण्डको भादा पुल नजिकै चेकजाँच गर्दा लागूऔषध बरामद भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूको साथबाट ३० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा भे११प १७२३ नम्बरको मोटरसाइकलमा सवार गुलरिया–१२ का ३६ वर्षीय अब्दुल सलाम र २१ वर्षीय रेवतीप्रसाद कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम अर्यालले पक्राउ गरिएका सलाम र कुर्मीका साथबाट उक्त पदार्थसहित नगद ८२ हजार ७९ रुपैयाँ बरामद भएको जानकारी दिए ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्