बाँके ।
नवलपुरमा नेपाली सेनाका एक जवानले आफैँ गोली हानेर आफ्नो ज्यान आफैं लिएका छन् । कावासोती नगरपालिका– ७ बाँदरझुलास्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आफैँलाई शनिबार दिउँसो गोली हानेका हुन् ।
मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली हानेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । मिजारले पोष्टको कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै घाँटीमा गोली हानेका थिए ।
धादिङको गल्छी गाउँपालिका– ४ घर भएका मिजारको श्री गोरखगण कसरामा दरबन्दी थियो ।
हाल नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत थिए । प्रहरीले घटनास्थलमा घटनाको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल नवलपुरमा पठाएको छ । घटनाको अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्