बाँसगढी ।
बाँसगढी नगरपालिका–७ को डेउढाकलामा ४ वर्षीय नाबालक जितेन्द्र बुढाको कुलोमा डुबेर मृत्यु भएको छ । घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको कुलोमा डुबेको अवस्थामा उनको लास फेला परेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।
सोमबार बिहान करिब ११ बजे भाइलाई हेर्ने जिम्मा लिएका दुई जना दाजुहरू मोबाइलमा व्यस्त भएका बेला भाइ खेतको कुलोमा डुबेका थिए । खेतमा गएकी आमालाई आँप पु¥याएर फर्किएपछि दुई भाइ मोबाइलमा व्यस्त हुँदा भाइ नजिकैको कुलोमा डुबेको अनुमान गरिएको छ ।
भाइ कतै नदेखिएपछि करिब १० मिनेटपछि दाजुहरूले खोजतलास गरेका थिए । तर कतै नभेटिएपछि प्रहरीलाई खबर गरेको र नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साँझ साढे ६ बजेतिर कुलोमा मृत अवस्थामा उनको शव फेला पारेको मोतिपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्