पानस गु्रप नेपालगन्जले दियो बैंक र व्यवसायीलाई इभी गाडीबारे जानकारी



कोहलपुर ।

पानस गु्रप नेपालगन्ज बाँकेले बैंक तथा व्यवसायीहरूसँग भेटघाट गरेको छ । शुक्रबार इभी गाडीहरूको विषयमा छलफल गर्नुका साथै भेटघाट गरेको हो । सो अवसरमा बोल्दै सिद्धार्थ बैंक कोहलपुर शाखाका बैंक मेनेजर निर्मल बमले विगतका दिनहरूमा पनि पानस गु्रपसँग धेरै काम गरेको अनुभव सुनाए ।

कोभिडको समयमा व्यवसायीहरूलाई केही असर परे पनि विस्तारै लयमा फर्किंदै आएको उनले बताए । आजको दिनसम्म सफलतापूर्वक बैंकसँग पानस गु्रपले काम गरेको र ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे ।

सो अवसरमा इभी गाडीहरूमा बैंकले फाइनान्स गरिरहेको र लगानी गर्दा धितो राखेर कारोबार गर्दा बैंक र व्यवसायहरू पनि सुरक्षित हुने उनले बताए । इभी गाडीहरूमा पनि बैंकले अहिले फाइनाइन्स दिइरहेको जानकारी दिए ।

ऋण र व्यवसाय भए नभएकोबारे बैंक तथा वित्तीय संस्थाहरूलाई डाटा उपलब्ध गराए गाडीमा फाइनाइन्स गर्न अझ सहज हुने उनको भनाइ थियो । त्यस्तै, पानस गु्रप नेपालगन्जका सञ्चालक ज्ञानेन्द्र खनालले सिजी मोटर्सले केएजी इभी, नेटा इभी, किङ लङ इभी गाडीहरू बिक्री गर्दै आइरहेको बताए ।

विगतका वर्षहरूमा पनि बैंकसँगको सहकार्यले राम्रोसँग काम गरेको र आगामी दिनमा त्यस्तै वातावरण सिर्जना गर्न उनले आग्रह गरे । उनले अहिलेसम्म १७ वटा इभी गाडीहरू बिक्री भइसकेको जानकारी दिए ।

इभी गाडीहरूको प्रयोगले वातारवरण र कम रकममा आरामदायी यात्रा गर्न सकिने उनको भनाइ थियो । त्यसमध्य सिजी गु्रप अझै राम्रो भएको उनले बताए । नेपालमा सबैभन्दा इभीको ठूलो नेटवर्क भएकाले पनि रोजाइमा पर्न सफल भएको पानस गु्रपका प्रेम सुबेदीले बताए ।

सिजी गु्रपले अहिले २ सय ६१ वटा ब्रान्डहरू देशभर बिक्री गरिरहेको उनले जानकारी दिए । साथै ब्याट्रीहरूमा कम्तिमा ५ वर्षसम्म वारेन्टी दिने गरेको उनले बताए । विभिन्न सेवा र ग्राहकहरूको सोच अनुसार इभी गाडीहरू बजारमा ल्याएको उनको भनाइ थियो ।

सो अवसरमा सहभागीहरूले इभी गाडीको महत्व र यसका फाइदाहरू बुझ्ने मौका पाएको बताएका थिए । उक्त अवसरमा इभी गाडीहरूको अवलोकनसमेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार