29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१  

कोहलपुर ।
लुम्बिनी प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन पश्चात प्रतियोगिता सुरु भएको हो।

सो अवसरमा बोल्दै मेयर आचार्यले नयाँ वर्षको अवसर पारेर गरिएको साइक्लिङ प्रतियोगिताले वातवरण र स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताए । नयाँ वर्षको शुभकामना दिदै मेयर आचार्यले प्रतियोगितको सफलताको शुभकामना दिएका थिए ।

कोहलपुरमा पहिलोपटक भएको लुम्बिनी प्रदेशस्तरीय साइक्लिङ प्रतियोगितामा विभिन्न ठाउँहरुबाट खेलाडी सहभागी भएको सचिव अमितकुमार पाठकले जानकारी दिए । प्रतियोगितामा सहभागीहरुले नियम,पालाना र अनुशाशित भएर साइकल प्रतियोगितामा भाग लिन क्लबका संरक्षक केशर आलेले आग्रह गरेका थिए । 

प्रतियोगितामा विभिन्न ठाउँहरुमा पानी,सुरक्षा र केही समस्या भए एम्बुलेन्सको समेत व्यवस्था गरिएको जानकारी दिए । स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरको आयोजनामा सञ्चालन भएको साइक्लिङ प्रतियोगिता सहभागीहरु कोहलपुर नगरपालिका गेटबाट उद्घाटन भई देउराली तर्फ लागेका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१     8:30:39 AM  |