कोहलपुर।
समाज सेवा संस्था नेपाल कोहलपुरले अपांगता भएका व्यक्तिहरूलाई क्षमता विकास तालिम प्रदान गरेको छ । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माको प्रमुख अतिथ्यतामा क्षमता विकास तालिम प्रदान गरेको हो ।
सो अवसरमा बोल्दै उनले हाम्रो समाज पछिल्लो समय शिक्षित हुँदै गएकाले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण बद्लिदै गएको बताए । समाज सेवा सस्थाले आयोजना गरेको कार्यक्रमले अपांगता भएका व्यक्तिलाई केही भएपनि मद्दत पुग्ने उनको भनाइ रहेको थियो ।
कोहलपुर नगरपालिका–१ मा रहेका अपांगता व्यक्तिहरुलाई अपांगता सम्बन्धी विभिद्य लगायतका विषयमा जानकारी दिएको समाज सेवा संस्था अध्यक्ष विनोद थापाले बताए । अपांगता भएका व्यक्तिको मनोवल बढाउन र समाजमा गरिने घिण,तिरस्कार बाट मुक्त गराउन सचेतनाको आवश्य रहेको जानकारी दिए ।
अपांगता भएका व्यक्तिहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य चिर्न आफ्नो क्षमता बढाउनु पर्ने उनले बताए । अहिले पनि कतिपए लाई परिचय पत्र कहाँ बनाउने,सेवा सुविधा कसरी उपलब्ध हुन्छ? अधिकार कस्तो छ ? लगायतका विषयमा जानकार नभएको पाइएकाले यसबारे पनि जानकारी दिइएको उनको भनाइ छ ।