बाँसगढी ।
प्रजातन्त्र दिवसका अवसरमा बर्दियाको बाँसगढीमा प्रत्येक स्वस्थ्य व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत ५१ जनाले रक्तदान गरेका छन् । बाँसगढी नगरपालिकाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति र लायन्स क्लब अफ बाँसगढी बर्दियाको संयुक्त आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो ।
बाँसगढी नगरभित्र रहेका क्रियाशील १८ वटा विभिन्न सामाजिक संघसंस्थाको समन्वय र सहकार्यमा नगर अस्पतालमा सञ्चालित बृहत् रक्तदान शिविरमा बाँसगढी नगरपालिकाका नगर उपप्रमुख इन्दिरा चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समितिका अध्यक्ष विनोद परियारले संयुक्तरूपमा रगत संकलन गर्ने थैली हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
बाँसगढी नगर अस्पताल, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाँसगढी, ऊँ केदारेश्वर धाम, महिला जागरण केन्द्र, बाँसगढी बहुमुखी क्याम्पस, बर्दिया बहुमुखी क्याम्पस, युवा सञ्जाल बासगढी, बाँसगढी युवा मञ्च, युवा नेतृत्व उपसमिति बाँसगढी, भूतपूर्व विद्यार्थी समाज सृजनशील समाज नेपाल, बास नेपाल उपशाखा बाँसगढी नगर समिति, युवा क्लबलगायतको समन्वय र सहकार्यमा रक्तदान सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस्