दाङको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या



दाङ । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी गुरुङमाथि धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

घटनाबारे थप विवरण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कडायतले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० फागुन ३ गते बिहीबार