27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सशस्त्रको नयाँ एसपीमा डाँगी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २८, २०८०  

नेपालगन्ज ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको प्रमुख (एसपी)मा बिमल डाँगीको सरुवा भएको छ । एकै पटक सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गर्ने क्रममा डाँगीको महत्वपूर्ण मानिने उक्त गणमा सरुवा भएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सय जना एसपीहरूको सरुवा गर्दै ४० जना एसपीलाई गणको कमान्ड दिएको हो ।सशस्त्र प्रहरीभित्र अब्बल अधिकृतका रूपमा परिचित डाँगीले यसअघि सुर्खेत, सल्यान, ओखलढुंगालगायतका जिल्लामा कमान्ड सम्हालिसकेका छन् भने विभिन्न जिल्लामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसहेका छन् ।

प्रकाशित मितिः आइतवार, माघ २८, २०८०     9:30:32 AM  |