17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

रेडियो मिसनकर्मी अधिकारी सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २३, २०८०  

कोहलपुर ।
प्रेस चौतारी बाँकेले स्थापना दिवसका अवसरमा यहाँ कार्यरत पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । बुबा दुर्गाप्रसाद बेल्वासेको स्मृतिमा पत्रकार विष्णु बेल्वासेद्वारा स्थापित ‘स्वः दुर्गाप्रसाद स्मृति पुरस्कार’बाट रेडियो मिसन ९०.६ मेगाहर्जका स्टेसन मेनेजर बैकुण्ठ अधिकारी सम्मानित भएका छन् ।

स्थापना दिवसका अवसरमा कोहलपुर नगर कमिटीले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच अधिकारीलाई नगदसहित सम्मान गरिएको हो । लामो समयदेखि कोहलपुरलाई कार्यक्षेत्र बनाई पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अधिकारी र पवित्रा परियारलाई सम्मान गरिएको हो ।

त्यस्तै, प्रेस चौतारी बाँके शाखाले आयोजना गरेको औपचारिक कार्यक्रममा दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेलाई ११ हजार राशिको ‘रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सो अवसरमा पत्रकार सरला सुवेदीलाई ५ हजार राशिको ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ २३, २०८०     8:18:00 AM  |