17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

व्यवस्थापकलाई क्षमता विकास तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २२, २०८०  

कोहलपुर ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार कोहलपुरमा एकदिने क्षमता विकास तालिम सञ्चानल गरेको छ । कार्यक्रममा शाखा व्यवस्थापकहरूलाई व्यवसमसामयिक विषयवस्तुहरूका बारेमा प्रशिक्षण दिइएको संस्थाले जनाएको छ ।

सो अवसरमा जोखिम कर्जा असुलीका रणनैतिक उपाय तथा विधि, वित्तीय संस्थाको नीतिनियम, सर्कुलरहरूको कार्यान्वयनको अवस्था, एआरएम सिस्टम, नीति नियम अनुपालनाका क्रममा देखिएका कैफियतबारेमा प्रशिक्षण गरिएको थियो ।

वित्तीय संस्थाका कार्यकारी निर्देशकलगायत विभागीय प्रमुखहरूले प्रशिक्षण दिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शिवबहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारू, पुरनप्रसाद चौधरी, जागेश्वरप्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरीको विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका कार्यकारी निर्देशक डा.गोपाल दहितको सभापतित्वमा भएको कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुखलगायत कर्मचारीको सहभागिता थियो ।

 

प्रकाशित मितिः सोमवार, माघ २२, २०८०     9:06:04 AM  |