20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २१, २०८०  

बाँके ।
नेपालगन्जमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मिडियम स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्यान्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

जय बागेश्वरीले ड्रिमल्यान्डलाई १–० गोलले पराजित गरेको छ । खेल सुरु भएको ७औं मिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निर्णायक भएको थियो । यो खेलमा साउद नै म्यान अफ द म्याच भए । उनलाई नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय बर्मा र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेका सल्लाहकार ललित रौनियारले पुरस्कृत गरे ।

अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २–१ गोलले पराजित ग¥यो । १२ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रता लिएको थियो । ४५ मिनेटमा विपीन खड्काले गोल गर्दै टिमको अग्रता अझ बढाए । सेन्ट थोमसका निशान्त न्यौपानेले ५५ मिनेटमा गोल गरेका थिए । अन्तिमतिर गोल गरेर आक्रामक बनेको सेन्ट थोमसले त्यसपछिका अवसर खेर फाल्दा पराजित हुनपुग्यो ।

यो खेलमा सेन्ट जेभियर्सका निशान्त शाही म्यान अफ द म्याच भए । उनलाई लुम्बिनी प्रदेशका सांसद दुर्गाबहादुर चौधरीले पुरस्कृत गरे ।
प्रतियोगितामा २८ वटा स्कुलले भाग लिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को एन्फा ग्रासरुट टे«निङ सेन्टरमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मितिः आइतवार, माघ २१, २०८०     9:46:38 AM  |