जुत्ता चप्पल व्यवसायीद्वारा रक्तदान



कोहलपुर ।
कोहलपुर जुत्ता चप्पल व्यवसायी संघले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र कोहलपुरको प्रांगणमा आयोजित रक्तदानमा ६० युनिट रगत संकलन गरिएको कोहलपुर जुत्ता चप्पल व्यवसायी संघ कोहलपुरका अध्यक्ष पुण्यप्रसाद तिवारीले बताए ।

लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीले प्रमुख आतिथ्यसहित रक्तदान गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ भएको रक्तदान कार्यक्रममा संघमा आबद्ध जुत्ता चप्पल व्यवयसायीलगायत अन्य विभिन्न संस्थामा आबद्ध युवाहरूले समेत रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा सो रक्तादन सम्पन्न भएको थियो । मानव जीवन रक्षार्थ रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै सेवा केन्द्रले संघलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ २० गते शनिबार