16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

जय बागेश्वरी क्वार्टरफाइनलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०  

नेपालगन्ज ।
जय बागेश्वरी स्कुल, सेन्ट थोमस, नेपालगन्ज मोडेल एकेडेमी र ड्रिमल्यान्ड स्कुल नेपालगन्जमा जारी मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा भएको खेलमा जय बागेश्वरीले बागेश्वरी एकेडेमी कोहलपुरलाई २–० ले हराएर क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, दोस्रो खेलमा सेन्ट थोमसले ग्रिनपिस मावि कोहलपुरलाई २–० ले, तेस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमीले मोर्डन पब्लिक स्कुलाई ३–२ ले र चौथो खेलमा ड्रिमल्यान्डले लक्ष्मी मावि बर्दहवालाई ३–० ले हराएर क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार तीन खेल हुनेछन् । शुक्रबारको पहिलो खेलमा राम जानकी मावि र सुर्योदय मावि चिसापानी, नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि खजुरा र आदर्श मावि र बाल विद्या मन्दिरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक निर्मल चन्दले बताए ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०     9:48:22 AM  |