तक्षशिलाद्वारा चौथोपटक ‘ट्यालेन्ट हन्ट’ आयोजना



कोहलपुर।
तक्षशिला एकेडेमी बाँके कोहलपुरले विद्यार्थीहरूका अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न चौथोपटक ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत बुधबारबाट सुरु भएको ट्यालेन्ट हन्ट बिहीबार सम्पन्न भएको हो । तक्षशिला एकेडेमीले प्रत्येक वर्ष गर्दै आएको ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिताको विद्यालयका संस्थापक अध्यक्ष विष्णुप्रसाद बेलवासेले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुग्ने बताए । विद्यालयले हरेक वर्ष ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गर्ने गरेको जानकारी दिँदै उनले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अध्यक्ष बेलवासेले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

अहिलेको आवश्यकता गुणस्तरीय शिक्षाका साथसाथै शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु रहेको विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका सभाध्यक्ष भीमबहादुर रोकायाले बताए । उनले विद्यार्थीहरू चौतर्फी विकासका लागि नै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको धारणा राखे ।

सो अवसरमा तक्षशिला एकेडेमीले ‘ट्यालेन्ट हन्ट’अन्तर्गत विभिन्न पाँचवटा विधामा प्रतिस्पर्धा गराएको विद्यालयका एकेडेमिक इन्चार्ज पुरुषोत्तम शर्माले जानकारी दिए । जसमा तक्षशिला गायन आइडल, नृत्य आइडल, कमेडी च्याम्पियन, कविता आइडल, वक्तृत्वकला रहेको उनले बताए । उक्त प्रतिस्पर्धामा २ सय ५० जनाभन्दा धेरै छात्रछात्राले सहभागिता जनाएका थिए ।

उक्त अवसरमा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएको घोषणा गरिएको थियो । विजेता विद्यार्थीहरूलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने शर्माले जनकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार