स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापन तालिम



नेपालगन्ज ।
जाडो बढेसँगै आगो ताप्ने क्रममा वृद्धवृद्धा र बालबालिका जलनमा पर्ने क्रम बढ्दै गएको छ । जलनमा परेर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या बढ्दै गएसँगै जलनबाट बच्ने उपायहरूका बारेमा समुदायस्तरमै सचेतना फैलाउन सुरु गरिएको छ । यसै क्रममा अस्तित्व नेपाल नामक गैरसरकारी संस्थाले बाँकेको नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि जलन व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।

तालिमका सहभागी स्वास्थ्यकर्मीहरूलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ जनरल सर्जन डा. हरिहर देवकोटाले प्रशिक्षण दिएका हुन् ।
तालिममा जलनबाट बच्ने उपायका साथै जलन भएका बिरामीहरूको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा प्रशिक्षक डा. देवकोटा र नरैनापुर गाउँपालिकाका २० जना स्वास्थ्यकर्मीहरूका बीच अन्तक्र्रिया गरिएको थियो ।

अन्तक्र्रियामा नाइनल र पोलिस्टरका कपडा जलनका दृष्टिले धेरै जोखिम हुने भएकाले आगो ताप्दा सुतीका कपडा लगाउनु उपयुक्त हुने, सावधानी अपनाउँदा अपनाउँदै जलन भई हालेमा दौडन नहुने र जलन भएको बेला दौडँदा आगो शरीरभरि फैलिएर शरीरको भित्री भागमा गहिरो चोट हुने जोखिम रहनेबारे जानकारी दिइएको थियो ।

जलन भएपछि जलन भएको ठाउँमा कम्तिमा २० मिनेटसम्म चिसोपानीले निरन्तर पखाली दिनुपर्ने प्रशिक्षक डा. देवकोटाको भनाइ छ । चिसो पानीमा भिजाएको सुतीको कपडाले जलन भएको ठाउँलाई छोपेर अस्पताल पु¥याउँदा जलनबाट हुने घाउलाई धेरै हदसम्म कम गर्न सकिने जलनका बिरामीको उपचारमा संलग्न वरिष्ठ सर्जन डा. देवकोटाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार