नेपालगन्ज ।
प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक मात्रा बढेको पाइएको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म गत आर्थिक वर्षको भन्दा १० करोड मूल्य बढीको नरिवल आयात भएको हो ।
नेपालगन्ज भन्सारका अनुसार चालू आवको ६ महिनामा ११ करोड ११ लाख मूल्यको ५ लाख ४६ हजार किलोग्राम नरिवल आयात भएको छ । जबकि यही अवधिमा गत वर्ष १ करोड २७ लाख मूल्यको १ लाख ६२ हजार किलो मात्रै नरिवल आयात भएको पाइएको छ । नेपालगन्ज नाका हुँदै आयात गरिएको नरिवल स्थानीय बजारसहित,कर्णाली, बर्दिया, दाङसम्म बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।
यहाँ भारतबाट काँचो र सुक्खा नरिवल ल्याउने गरिएको छ जो धार्मिक कार्य, सेवनदेखि विभिन्न उत्पादनमा प्रयोग गरिन्छ । नेपालको पूर्वी जिल्लामा नरिवल उत्पादन गरे पनि अन्यत्र उत्पादन हुँदैन । त्यसैले नरिवलका लागि भारतमै निर्भर हुनुपरेको छ ।









प्रतिक्रिया दिनुहोस्