17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

चार दिनदेखि हुम्लामा उडान अवरुद्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १३, २०८०  

हुम्ला ।
हिमाली जिल्ला हुम्लामा ४ दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि मौसम खराब हु“दा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो। नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले शीतलहर बढेर मौसम खराब हु“दा ४ दिनदेखि कुनै पनि उडान भर्न सकेका छैनन् ।

हुम्लालाई अन्तरजिल्ला जोड्ने एकमात्र माध्यम हवाई सेवा हो । अहिले तराईका जिल्लामा शीतलहर चलेर उडान हुन नसकेको सिमकोट विमानस्थलका निमित्त प्रमुख निशान्त झाले बताए । बिहान नेपालगन्ज र सुर्खेतमा शीतलहर बढेर हुस्सुले छोप्ने दिउ“सो १ बजेपछि सिमकोट विमानस्थलमा हावा चल्ने भएकाले मंगलबारबाट सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट यात्रुसहित कार्गाे सामान आउन सकेको छैन ।

हुम्लादेखि नेपालगन्ज र सुर्खेत जाने तथा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा ४ दिनदेखि हवाई सेवा अबरुद्ध भई आफ्नो गन्तव्यमा जान नपाउँदा यात्रुहरू मर्कामा परेका छन । कार्गाे सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ ।

प्रकाशित मितिः शनिबार, माघ १३, २०८०     10:00:46 AM  |