16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

‘रंगीन कटन क्यान्डी’ बाँकेमा पनि निगरानीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १३, २०८०  

नेपालगन्ज।
काठमाडौंका विभिन्न स्थानमा बिक्री–वितरण भइरहेको ‘रंगीन कटन क्यान्डी’मा अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि बाँकेमा पनि अनुगमन तीव्र पारिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नेपालगन्ज यस्तो तयारी गरेको हो । सडकपेटी, बजार, मेलालगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको रंगीन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रङ रोडामाइन बीको प्रयोग भएको पाइएको हो ।

मानव शरीरमा गम्भीर असर पु¥याउने रोडामाइन बी बालबालिकाले खान मन पराउने क्यान्डीमा भेटिएको भन्दै क्यान्डी खान र बालबालिकालाई नखुवाउन आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला जाँच विश्लेषणबाट क्यान्डीमा विषाक्त वस्तुको प्रयोग भएको भेटिएको हो ।

विभागबाट अनुज्ञापत्र प्राप्त गरी लेवल लगाएका बाहेक खुला रूपमा बिक्री–वितरण गरिएको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुनेसमेत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।‘रंगीन कटन क्यान्डी’मा प्रयोग गरेको पाइएको रोडामाइन बी औद्योगिक उद्देश्यले कपडा, कागज आदिमा रङको रूपमा प्रिन्टिङमा प्रयोग गरिन्छ ।

यसले जनावर तथा मानव शरीरमा विभिन्न गम्भीर असर पु¥याउने भएकाले खाद्य वस्तुमा प्रयोग गर्न बन्देज लगाइएको छ । भारतलगायतका विभिन्न देशहरूलाई रोडामाइन बीको प्रयोगलाई गैरकानुनी मानिएको छ ।

 

प्रकाशित मितिः शनिबार, माघ १३, २०८०     9:58:44 AM  |