नवौँ डाँफे कप फुटबल प्रतियोगिता हुँदै



नेपालगन्ज ।
बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँ मिनी रंगशालामा नवौँ डाफे कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यही माघ १५ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको न्यु डाँफे स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगिता नक आउटका आधारमा सञ्चालन हुनेछ ।

क्लबका पूर्वअध्यक्ष प्रतियोगिता आयोजक समितिका संयोजक तिलकवीर सुनारले प्रतियोगितामा प्रथमलाई १ लाख ५५ हजार ५ सय ५५ र द्वितीयलाई ८५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए ।

उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।त्यस्तै सो प्रतियोगिता सम्पन्न गर्नका लागि खजुरा गाउँपालिका–४ को कार्यालयले पनि आर्थिक सहयोग गर्ने खजुरा गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर रोकायले जानकारी दिए ।

प्रतियोगिताका लागि खजुरा गाउँपालिका–४ स्थायी घर भई हाल अमेरिकामा रहेका लीलबहादुर थापाले प्रथम पुरस्कारको नगद राशि सहयोग गर्ने घोषणा गरेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रबार