नेपालगन्ज ।
कारबाहीमा परेका बाँकेका पानी उद्योगले सुधार गरेका छन् । मापदण्ड अनुसार नभएको र अनुज्ञापत्रसमेत नलिई उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै कारबाहीमा परेका दुईवटा उद्योगले स्तरोन्नति गरेका हुन् ।
हाल दुवै उद्योगले निर्देशन अनुसार सबै मापदण्ड पूरा गरेकाले उनीहरूलाई सञ्चालन अनुुमति दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । स्थानीय प्रशासनले बाँकेमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका–११ मा रहेको रारा प्रोसेसिङ ड्रिङकिङ वाटर इन्डस्ट्रीलाई २० हजार जरिवाना गरिनुका साथै पुराना २२ जार नष्ट गरिएको थियो ।
त्यस्तै, वाइके ड्रिङकिङ वाटर इन्डस्ट्री सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग सिल गरिएको थियो । त्यसैगरी न्यू सगरमाथा पानी उद्योगलाई बिल, बिजकबिना कारोबार भएको पाइएकाले पाँच हजार जरिवाना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्