16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

समाचार विश्लेषणः उपद्रोवीको निसानामा सद्भाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १०, २०८०  

तिलक गाउँले । नेपालगन्ज।
उपद्रोवीहरूका कारण नेपालगन्जको सामाजिक सद्भावमा खलल् पुगेको छ भने सुरक्षा चुनौतीसमेत बढेको छ । भिन्न–भिन्न जाति र धर्म सम्प्रदाय रहे पनि मिलेर बसेका कारण सद्भावको सहर भनेर चिनिने नेपालगन्जमा पटक–पटक दोहोरिरहेका सद्भाव बिथोल्ने घटनाले सर्वसाधारणलाई झस्काएको छ ।

यस्ता घटना पटक–पटक कसरी भइरहेका छन् र को–को संलग्न छन् ? अनुुन्धान गरी दोषीलाई कारबाहीको भागिदार बनाउनतर्फ प्रहरी, प्रशासनको ध्यान पुग्न सकेको छैन । सामाजिक सद्भाव बिथोलेर सहरको शान्ति सुरक्षामा गम्भीर आघात पु¥याउने उपद्रोवी जुनसुकै धर्म सम्प्रदायको भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ ।

अधिकारकर्मी र शान्ति समिति बाँकेका पूर्वअध्यक्ष भोला महत भन्छन्, ‘यी घटनाहरू योजनाबद्ध्, सामूहिकरूपमा भइरहेका छन् वा व्यक्तिको सनकमा ? अनुसन्धान हुन जरुरी छ ।’ घटना घट्नुपूर्व प्रहरी, प्रशासनले समाजमा रहेका यस्ता उपद्रोवीहरूको पहिचान गर्न सक्नुपर्ने बताउँदै महत भन्छन्, ‘हाम्रो देशमा घटना घटेपछि मात्रै त्यस विषयमा तात्तिने वा सके कारबाही गर्ने गरिन्छ ।

खासमा घटना हुन नदिन यस्ता तत्वको पहिचान गर्नतर्फ प्रहरी, प्रशासन लाग्नुपर्छ ।’ यसरी पहिचान भएका तत्वहरूलाई निगरानी मात्रै गर्ने हो भने पनि घटना नियन्त्रणमा आउन सक्ने बताउँदै महत भन्छन्, ‘मलाई विश्वास छ हाम्रो प्रहरी, प्रशासन उपद्रोवीको पहिचान र निगरानी गर्न सक्षम छ र गर्नुपर्छ ।’

असोजयता सद्भाव बिथोलिने गरी दुईवटा घटना घटे । असोजमा एउटा धार्मिक समुदायले संयुक्त रूपमा नेपालगन्जमा ¥याली निकाल्यो । बागेश्वरी मन्दिरदेखि सुरु भएको ¥यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा ¥यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

आफ्नो फरक धार्मिक आस्थामा चोट पु¥याउने गरी कुनै व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै विरोध जनाएका थिए । त्यसलगत्तै अर्को समुदायले नेपालगन्जमा निकालेको ¥यालीमाथि ढुंगा प्रहार भएपछि धार्मिक सद्भाव भड्किएको थियो । दोस्रो घटना सोमबार फेरि घटेको छ । अयोध्यामा सोमबार गरिएको राममन्दिर प्राण प्रतिष्ठाको नेपालगन्जमा उल्लास मनाएर घर फर्किने क्रममा शोभायात्रामा सहभागी युवाहरूमाथि आक्रमण भएको छ ।

उक्त घटनामा ६ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । पुरैनी, बेतहनी, जाफरपुरुवामा आक्रमणका घटना भएका हुन् । यी घटनाले सद्भावको कामना गरिरहेकालाई झस्काएको छ । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र दोषीमाथि कारबाही गर्ने बताउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल भन्छन्, ‘घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । दोषीमाथि कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेजमा भने उक्त घटना उल्लेख गरेका छैनन् । उनले सोमबार बाँके जिल्लाका विभिन्न धार्मिक संघ÷संस्थाद्वारा सञ्चालन गरिएका सबै ¥याली, शोभा यात्रा, उत्सव, भण्डारा, महाआरती, दीप प्रज्ज्वलनलगायतका धार्मिक कार्यक्रमहरू शान्त, सौम्य, शिष्ट र मर्यादित ढंगबाट सम्पन्न भएको उल्लेख गरेका छन् ।

कार्यक्रम उच्चस्तरको धार्मिक सद्भाव कायम गर्न सफल भएकोमा सबै आयोजक संघ÷संस्थालाई धेरै–धेरै धन्यवाद दिँदै उनले सामाजिक सद्भाव कायम गर्ने दिशामा सोमबार अनुष्ठान सञ्चालनको तौर÷तरिका, संयमता र सहिष्णुताको यो संस्कृति उप्रान्त सबै समुदायका लागि मार्गदर्शक रहने विश्वास लिएको बताए ।

नेपालगन्जले पुनः एकपटक सद्भावको सहरको आफ्नो विशिष्ट पहिचानको ‘ताज’ जीवन्त राख्न सफल भएको उल्लेख गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले मिसन टुडेसँगको संवादमा भने, ‘सामाजिक सद्भाव कायम गर्ने दायित्व हामी सबैको हो । दोषीमाथि कारबाही हुन्छ ।’ प्रमुख जिल्ला अधिकारीको उक्त लेखाइमा प्रतिक्रिया दिँदै धेरैले सोमबार शोभायात्राका क्रममा घटेका घटना सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

सार्वजनिक रूपमा बाँकेका हिन्दू, मुस्लिम, बौद्ध, शिख, इशाई जस्ता मुख्य धर्मका गुरुले सद्भावको सन्देश प्रभाव गर्न कुनै कसर बाँकी राख्दैनन् । धर्म गुरुहरू एउटै मोटरसाइकलमा चढ्छन्, हातेमालो गर्दै हिँड्छन् । धर्म गुरुको यस्तो एकता देशभरका लागि उदाहरणीय बनेको छ । तर एकताको सन्देश प्रभाव गर्दैगर्दा सद्भाव बिथोल्ने गरी भइरहेका घटनाले आमनागरिकलाई झस्काएको छ ।

प्रकाशित मितिः बुधबार, माघ १०, २०८०     9:31:09 AM  |