कोहलपुर ।
कोहलपुर सुन्दरबस्ती शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सव लाग्ने भएको छ । शिव मन्दिरको सर्वाङ्गीण विकासका लागि शृङ्गारिक महाआरती धर्म जागरण महा–महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
कोहलपुर नगरपालिका–१२ स्थित सुन्दरबस्तीमा माघ १२ गतेदेखि १५ गतेसम्म सो महाआरती आयोजना हुने जनाइएको छ । भारतको काशी विश्वनाथ तथा नेपालको आराध्यदेव पशुपतिनाथमा हुने विश्वप्रशिद्ध शृङ्गारिक महाआरती कोलपुरमा पनि हुने मूल आयोजक समारोह समिति कोहलपुर–२ ले जनाएको छ ।
माघ १२ गते बिहान १० बजे विशाल कलश यात्रामा घर–घरबाट कलश सजाएर ल्याउन, झाँकी, भजनकिर्तन र संस्थागत ब्यानरसहित सहभागी हुन वडाबासीलाई अनुरोध गरिएको छ । शृृङ्गारिक महाआरतीमा दर्शन, सु–संस्कारित समाज निर्माण, राष्ट्रिय कलाकारद्वारा भजन किर्तन, प्रवचन, झाँकी प्रदर्शन, बाल संस्कार र धार्मिक जनजागरण कार्यक्रम एवम् प्रवचनसमेत हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्