ईश्वर पौडेल । कोहलपुर ।
भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) योजना सार्वजनिक गरेको छ । यो अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबिपिएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्ना लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यो योजनाका लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबिपिएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने कम्पनीले जनाएको छ । एक पटक जडान वा नवीकरण भएपछि ग्राहकले एसएमएसमार्फत उपहार भौचर कोड प्राप्त गर्नसक्नेछन् ।
गिफ्ट भौचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबिपिएस ३ महिनाको २७ सय रुपैयाँ (भ्याट बराबर) को इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्नेछन् । उपहार भौचर नयाँ जडानका लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । यसमा जडान शुल्क भने लागू हुनेछ । उपहार भौचर दाबी गरिसकेपछि आफ्ना प्रियजनलाई उपहार भौचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरेबापत १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबिपिएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुटसहितको मूल्य सार्वजनिक गरेको हो । जसको मूल्य २७ सय रुपैयाँ (भ्याट) तोकिएको छ ।
‘हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं, डिजिटलाइजिङ संसारमा यो अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ,’ भायानेटका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भने, ‘हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनुमा ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ । हाम्रा सेवाहरूलाई अझ धेरै ग्राहकले रेफर गर्दै यस परियोजनाबाट धेरैभन्दा धेरै ग्राहकले फाइदा लिन सकून् भनेर नै यो उपहार योजना ल्याएका हौँ ।’
प्रतिक्रिया दिनुहोस्