खजुरा ।
बाँकेको खजुरामा आइतबारदेखि पालिकास्तरीय छैटौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
आइतबार एक समारोहका बीच संघीय सांसद एवम् नेपाली कांग्रेस सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरे ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानको अध्यक्षतामा भएको रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह कुर्मी र प्रदेश सभासद रत्न खत्री सहभागी थिए । उद्घाटन समारोहमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले स्वागत मन्त्व्य व्यक्त गरेकी थिइन् ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तीन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । १५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्