कोहलपुर ।
विज्ञान शिक्षक समाज नेपाल (स्टान)को बाँके जिल्ला कार्यसमितिको अध्यक्षमा श्री नारायण माध्यमिक विद्यालय, नेपालगन्जका यमनारायण धिताल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
विज्ञान शिक्षक समाज नेपाल (स्टान) बाँके संयोजक धनबहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि स्टान लुम्बिनी प्रदेश संयोजक तथा स्टान केन्द्रीय सदस्य यमनाथ पौडेल रहेका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत रविलाल मिजार, स्टान दाङका संयोजक गिरिराज लम्साल र बर्दिया संयोजक नारायण पराजुली, पत्रकार, बाँके जिल्लाका सामुदायिक र संस्थागत विज्ञान शिक्षकहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् स्टान लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य यमनाथ पौडेलले स्टानले शिक्षक तालिम र विद्यार्थीहरूका लागि हाजिर जवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, विज्ञान प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गर्दै आएको बताए ।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका अधिकृत मिजारले जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सक्षम नेतृत्व चयन गर्न सुझाव दिएका थिए । उनले विज्ञान शिक्षकहरूले पेसागत हकहितका साथै शैक्षिक गुणस्तर वृद्धि तथा विज्ञानलाई विषयलाई सहज रूपमा अध्यापन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।कार्यक्रममा स्टान दाङका संयोजक गिरिराज लम्साल र बर्दियाका संयोजक नारायण पराजुलीले पनि स्टानले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए ।
नवगठित जिल्ला कार्यसमितिका अध्यक्ष धितालले स्टान बाँकेका भावी कार्यक्रमको बारेमा जानकारी दिँदै शिक्षकको पेसागत विकास र शैक्षिक गुणस्तर वृद्धिमा सक्रियरूपमा लाग्ने प्रतिबद्धता जनाए ।नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी मावि वर्दहवा कोहलपुरका राजन कँडेल, सचिवमा श्री नेपाल राष्ट्रिय मावि नौबस्ता–३ बैजनाथका बासु गिरी, सह–सचिवमा श्री जनता नमुना माध्यमिक विद्यालय खजुराका मोहन बस्नेत क्षेत्री र कोषाध्यक्षमा श्री ज्ञानदीप मावि डुडुवाका रमेश अधिकारी चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय राप्ती सोनारीकी सुशीला केसी, श्री रारा आधारभूत विद्यालय बैजनाथका कृष्णकुमार शाही, पशुपति मावि खजुराका राजु पौडेल, श्री डाइनामिक इङ्ग्लिस मिडियम स्कुल, बैजनाथका नवराज गैरे र श्री जनज्ञानज्योति मावि कोहलपुरका सुजन रोकाय निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्